• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

३३४ अस्थायी दरबन्दी स्वीकृत, लगानी बोर्डको कार्यकारी अधिकृतमा भट्ट

यस्ता छन् अन्य निर्णयहरु

काठमाडौं । सरकारले करार दरबन्दी नथप्ने सरकारको यसअघिको निर्णयविरुद्ध अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

यसअघि विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसबाट उत्पन्न आर्थिक संकटले गर्दा करार दरबन्दी नथप्ने सरकारले निर्णय गरेको थियो । बिहीबार सरकारले अस्थायी दरबन्दी स्वीकृत गरेको प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । 

अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री समेत रहेका डा. खतिवडाका अनुसार सरकारले सञ्चालन गर्ने विभिन्न कार्यक्रम र आयोजनाहरुका लागि राजपत्रांकित ३३४ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

त्यसमध्ये, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत संचालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ४२ जना राजपत्राकिंत अधिकृतहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

त्यस्तै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । 

त्यस्तै बैठकले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ । रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । 

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर