• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 05:23 pm

आजको राशिफल : साउन २३ गते शुक्रबार विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समयछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रमणीय र सुखद् यात्राको योग छ । शुभ कार्यको चर्चा चल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजनपनि मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रसुबागढी नाका आंशिक खुला, दैनिक पाँच कन्टेनर सीमासम्म ल्याइदिने

  • ८ असोज, २०७७

काठमाडौं । अवरुद्ध रहेको रसुवागढी नाका बुधबारदेखि सुचारु भएको छ । चिनियाँ नयाँ वर्षसँगै बन्द भएको सो नाकाबाट बुधबारदेखि आंशिक आयात खुलेको हो । बुधवार

मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार

  • ८ असोज, २०७७

काठमाडौं । महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका छन् । सरकारी अस्पतालमा सरकार आफैँले घोषणा गरेको

आजको राशिफल : असोज ८ गते बिहिबार विशेष

  • ८ असोज, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष ( इ, उ,