• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

शुक्रबार र शनिवार उपत्यकाको यि क्षेत्रमा विद्युत् कटौति हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणले नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागेको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले जानकारी दिए । प्राधिकरणले शुक्रबार र शनिवार विहान १० बजेदेखि साँझ ५ बजेसम्म पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरवाट वितरित हुने लाइन बन्द गर्न लागेको जनाएको छ ।

प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर