• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतमा बिहिबार सबैभन्दा धेरै संक्रमित थपिए

काठमाडौं । भारतमा गएको २४ घण्टामा आजसम्मकै धेरै संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा गाएको एकैदिन ६२ हजार १ सय ७० जनामा संक्रमण देखिएको छ भने ८ सय ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । 

यसरी भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । संक्रमित ४१ हजार ६ सय ३३ जनाको कोरोनाबाट ज्यान गएको छ । 

त्यस्तै संक्रमित १३ लाख ७७ हजार ३ सय ८४ जना उपचारपछि घर फर्केका छन् भने ६ लाख ६ हजार ३ सय ८७ जना उपचार गराइरहेका छन् । साथै ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर