• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चिर्पट प्रहार गरेर हत्या गरि फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । चिर्पट प्रहार गरेर हत्या गरी फरार भएका एक अभियुक्तलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको केपीलासगढी गाउँपालिका वडा नम्बर-१ फेदीका २७ वर्षीय राकेश राईलाई प्रहरीले पक्राउ गरेको हो।

मङ्गलबार छिमेकी ५६ वर्षीय जबरधन राईलाई सामान्य विवादको क्रममा चिर्पट प्रहार गरी हत्या गरेको राकेशमाथि अभियोग लागेको छ।

रिसपछि आवेशमा आएर राकेशले दाउराको चिर्पट प्रहार गर्दा जबरधन गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर