• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बिस्फोटपछि लेबनानमा कोरोना भाइरसको संक्रमण व्यापक हुन सक्ने

एजेन्सी । लेबनानममा अब कोरोना भाइरसको संक्रमण व्यापक हुन सक्ने आशंका त्यहाँका स्वास्थ्यमन्त्री हमद हसनले गरेका छन्।

लेबनानको राजधानी बेरुतमा मंगलबार राति भएको विशाल विस्फोटका कारण स्वास्थ्य संचरना र सुविधा पनि तहसनहस भएकाले कोरोना संक्रमणले भयावह रूप लिन सक्ने आशंका उनले गरेका हुन्।

बेरुत विस्फोटमा परी मृत्यु हुनेको संख्या १३७ पुगेको छ। चार हजारभन्दा बढी घाइते भएका छन्। 

लेबनानका स्वास्थ्यमन्त्री हसनले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘घाइतेलाई सहयोग र राहतको कमीले गर्र्दा कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिन्छ।’

यसैकारण आफूले आगामी दिनमा कोरोना संक्रमणका बिरामीलाई फिल्ड अस्पतालको व्यवस्था गर्ने आश्वासन पनि उनले दिएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर