• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको मौसम: कहाँ - कहाँ छ आज भारी वर्षाको सम्भावना ?

काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार अहिले प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका थौरे स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

 साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । ति आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर