• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकामा संक्रमितको संख्या ५० लाख नाघ्याे, १ लाख ६२ हजार बढीको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । वल्डोमिटर्सको शुक्रबार बिहानको तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या ५० लाख ३२ हजार १ सय ७९ पुगेको हो । 

अमेरिकामा एकैदिन ५८ हजार ६ सय ११ जना नयाँ संक्रमित थपिएका छन् भने १२ सय ३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ८ सय ४ पुगेको छ । 

संक्रमित २५ लाख ७६ हजार ६ सय ६८ जना उपचारपछि घर फर्केका छन् भने २२ लाख ९२ हजार ७ सय ७ जनाले उपचार गराइरहेका छन् । १८ हजार २ सय २९ जनाको अवस्था गम्भिर छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर