कोभिड–१९ ले ल्याएको चुनौतीमा सहकार्य गर्न अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग आह्वान गरेका छन् । 

    नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले आज आफूसँग गरेको शिष्टाचार भेटमा उहाँले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयलाई आत्मसात गरी आर्थिक विकासको गति अघि बढाइरहेको बताए । 

    लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोबाइल बैंकिङको विस्तारमा नेपालले बङ्गलादेशबाट धेरै सिकेको स्मरण गर्दै अर्थमन्त्री खतिवडाले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइँसराइ, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको बताए । उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बङ्गलादेश र भूटानबीचको उपक्षेत्रीय इकाइ महत्वपूर्ण हुनसक्ने सम्भावना औल्याए । 

    भेटमा अर्थमन्त्रीले नेपाल र बङ्गलादेशबीच पाँच दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्नुहुँदै द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा दुवै देशबीच सहकार्य जारी रहेको बताए । 


    सो अवसरमा राजदूत साम्सले बङ्गलादेश क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा नेपालसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानीलगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेकामा जोड दिँदै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारका माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर