• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मेस्सीको कप्तानीमा बार्सिलोना पुग्यो क्वाटरफाइनलमा

एजेन्सी । लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति भएको खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ को जित निकाल्दै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो। पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा मेस्सी, लुइस स्वारेज तथा क्लेमेन्ट लेङ्गलेटले गोल गरे । नोपोलीका लागि लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर