घट्यो सुनको भाउ
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहोस