कोरोनाको लक्षण मिल्ने एक पुरुषको मृृत्यु, पुष्टी हुन बाँकी

जनकपुरधाम । धनुषामा कोरोनासंग मिल्दो जुल्दो लक्षण रहेका एक जना पुरुषको मृत्यु भएको छ । केही दिन यतादेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको सो पुरुषको आइतबार मृत्यु भएको हो । 

मिथिला विहारी नगरपालिका वडा नम्बर ५ घर रहेका सो पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका नेपाली सेनाको टोली त्यहाँ पुग्न लागेकोे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका सो पुरुषलाई गत ५ दिनदेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या रहेको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले बताए । उनका अनुसार उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आई रहेका थिए । यद्यपि आफू अस्वस्थ रहेको कुृरो कसैलाई बुझ्न नदिएको वडाध्यक्ष मण्डलले बताए ।

यता मृतकको शव अहिले पनि विनयतारा फाउण्डेशनमै रहेको छ । उनको शवको व्यवस्थापनको प्रकृया अगाडी बढाइएपनि कोरोना संक्रमणको पुष्टी हुन नसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार मृतकको स्वाब संकलनको तयारी समेत भई रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर