• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पाल्पामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । केही दिनदेखि सुन्य संक्रमित रहेको पाल्पामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पामाले जनाएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा जिल्लाको रम्भा गाउँपालिकाका ५का एकजना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकास पन्थीले बताए । 

रम्भा गाउँपालिकाले ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका पुरुष दुई हप्ता अघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएको गाउँपालिकाले जनाएके छ । 

संक्रमण देखिएका उनलाई अहिले रम्भा माविको क्वारेन्टाइनमा राखिएको छ । थप एक जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६२ पुगेको छ । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । 

संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४६ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा जेठको १७ गते पहिलोपटक भारतबाट आएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर