• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दमकमा एक जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

झापा । झापाको दमकमा गत बुधबार स्वाव संकलन गरिएको एक जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
पोजिटिभ देखिएका सशस्त्र प्रहरी ( पुरुष) हुन् । उनलाई यस अघि संक्रमण देखिएका व्यक्तिसंगको कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाव संकलन गरि परिक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।
दमकस्थित क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य कुवेर भट्टराईले ति सशस्त्र प्रहरीको पीसिआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे । दमकमा सो दिन स्वाव संकलन गरिएका १०७ मध्ये ४७ जनाको रिपोर्ट आएको र एक जना बाहेक अन्य ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले समेत दमकमा एक जनासहित प्रदेश एकमा कूल १४० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर