• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

पाल्पामा बोक्सीको आरोपमा कुटपिट गर्ने दुई पक्राउ

पाल्पा । बोक्सीको आरोप लगाएर कुटपिट गर्ने दुई जनालाई  जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ ।

नवलपुर जिल्ला देवचुली नगरपालिका–४ का ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानकी ३७ वर्षीया यममाया कुमालले झारफुक गर्ने बाहानामा बोक्सीको आरोपमा कुटपिट गरेको जाएरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जिल्लाको रामपुर नगरपालिका–८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा पुडासैनी र कुमालले स्थानीय बलबहादुर कुमाल र १७ वर्षीय किशोरीलाई कुटपिट तथा अमानविय व्यवहार गरेको आधारमा उनीहरुलाई पक्रमउ गरिएको प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।

पीडित कुमालले बोक्सीको आरोप लगाएर आफूहरुलाई अमानवीय व्यवहार गरेको उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरि कारबाही अघि बढाईएको सुचना अधिकारी गिरीले बताए । कुटपिटबाट घाइतेमध्ये किसोरीको शरिरमा चोटपटक भएका कारण तानसेस्थित लुम्बिनी  मेडिकल कलेजमा उपचार भईरहेको र घटनाबारे थप अनुसन्धानजरी रहेको पनि प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर