• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

गौतम बुद्धबारे भारतीय विदेशमन्त्री अभिव्यक्तिमा परराष्ट्रले भन्यो– अन्तर्राष्ट्रिय समुदाय जानकार छ (बिज्ञप्तीसहित)

काठमाडौं । सरकारले भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतमबुद्धको जन्मस्थलको बारेमा दिएको अभिव्यक्तिको विषयमा बहस गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ। आइतबार  प्रेस बिज्ञप्ती जारी गर्दै परराष्ट्रले गौतम बुद्धको जन्मभूमि नेपाल हो भन्ने विषय ऐतिहासिक र पुरातात्विक ढंगले प्रमाणित भएर स्थापित तथा अकाट्य भइसकेको उल्लेख गरेको छ। 
साथै सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालको संसदमा सम्बोधनका क्रममा नेपाल नै बुद्धको जन्मभूमि भएको भनेर भनेको विषयलाई पनि स्मरण गरेको छ।  मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको निर्विवाद एवं ऐतिहासिक र पुरातात्विक तथ्य रहेको स्पष्ट गरेको छ । 

यसअघि  शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर