• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

काठमाडौं उपत्यकाका सार्वजनिक स्थलमा २७.१० प्रतिशतले मात्र मास्क लगाए–अध्ययन

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा २७.१० प्रतिशतले मात्र मास्क लगाउने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा यस्तो तथ्य सार्वजनिक भएको हो । आइतबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले अध्ययनका क्रममा व्यक्तिगत तहमा ४५ सय २ जनामा अध्ययन गर्दा ७२.१ प्रतिशतले मात्र मास्क लगाएको पाइएको बताए । 

यस्तै मास्क लगाउने ७२.१ प्रतिशत मध्ये १५.८ प्रतिशतले कपडाको मास्क प्रयोग गरेको अनुसन्धानले देखाएको छ । सार्वजनिक स्थलहरुमा गएका २७ सय ३ जना मध्ये सहि तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ प्रतिशत मात्र रहेको पाइएको छ ।यस्तै नाकमुनी वा चिउडोमा मास्क लगाउने, घाटी वा हातमा झुन्ड्याउनेको संख्या २७. ३४ प्रतिशत रहेको पाइएको सदस्य सचिव ज्ञवालीले जानकारी दिए ।  यस्तै सार्वजनिक स्थलहरुमा दुई मिटरको सामाजिक दुरीको मार्किङ नै कम भएको पाइएको छ । मार्किङ गरेका स्थानमध्ये ३१.२ प्रतिशत स्थलमा मात्र  दुरी कायम गरिएको थियो । यस्तै ६० प्रतिशत सार्वजनिक स्थलमा मात्र साबुनपानी उपलब्ध भएको पाइएको थियो ।

यस्तै सार्वजनिक यातायातमा ३० वटा सवारी साधानको अनुगमन गर्दा ५० प्रतिशतमा मात्र एक सिटमा एकजना राखिएको पाइएको थियो । व्यक्तिगत तहमा गरिएको अनुसन्धानमा व्यक्तिले मास्क लगाएको वा नलागाएको कुन प्रकारको मास्क लगाएको छ र मास्क कसरी लगाएको छ भनेर अनुसन्धान गरिएको थियो । अनुसन्धान काठमाडौं उपत्यकाका २३ वटा सार्वजनिक स्थलहरुमा गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर