• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 05:59 pm

बङ्गलादेशमा २४ घण्टामा २४ सय संक्रमित थपिए, २४ को मृत्यु

एजेन्सी । बङ्गलादेशमा गत २४ घण्टामा कोभिड सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या दुई हजार ४८७ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म दुई लाख ५७ हजार ६०० व्यक्ति सङ्क्रमित भएका छन् ।

मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा भने, “विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४८७ रहेको छ भने उक्त अवधिमा ३४ जना सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार ६०० रहेको र तीन हजार ३९९ सङ्क्रमितको मृत्यु भएको छ ।” 

 बङ्गलादेशमा गत २४ घण्टामा १० हजार ७५९ सङ्कलित नमूनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको बताइएको छ । सुल्तानाका अनुसार गत २४ घण्टामा थप एक हजार ७६६ जनाको निको भई घर फर्किएका छन् भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या एक लाख ४८ हजार ३७० पुगेको छ ।

उहाँका अनुसार बङ्गलादेशमा १।३२ प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५७.६० प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्यानाडामा पनि कोरोना संक्रमणको दोश्रो लहर देखियो

  • ८ असोज, २०७७

एजेन्सी । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन्

अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

  • ८ असोज, २०७७

एजेन्सी । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र

भारतका रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

  • ८ असोज, २०७७

काठमाडौं । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको छ। ६५ वर्षका अंगडीको एम्स अस्पतालमा उपचारको क्रममा निधन