• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चीनको ‘कोरोनाभ्याक’ कोभिड–१९ खोप मानव परीक्षणको अन्तिम चरणमा

प्रतिकात्मक तस्विर

एजेन्सी । चीनको सिनोभ्याक बायोटेक लिमिटेडले मंगलबार कोभिड–१९ खोपको मानव परीक्षणको अन्तिम चरणको सुरुवात गरेको छ । यस खोपको परीक्षण इन्डोनेसियाको १६२० बिरामीमा गरिएको बिबीसीले जनाएको छ ।

यो खोप इन्डोनेसियाको सरकारी कम्पनी बायो फर्मासँग मिलेर विकसित गरिँदैछ । यसअघि गत सोमबार सिनोभ्याकले जानकारी दिँदै परीक्षणको दोश्रो चरणमा उक्त खोप सुरक्षति पाइएको र संक्रमितमा एन्टिबडी आधारित इम्युन प्रतिक्रिया पाइएको बताइएको छ । 

‘कोरोनाभ्याक’ नाम दिइएको यस खोप ती तत्काल प्रभाव देखाउँने खोपमध्ये हुन् जो परीक्षणको अन्तिम चरणमा पुगेको छ । यस खोपको अध्ययन गरी यसका असरका बारेमा पनि प्रमाणहरु खोज्न जारी छ ।

इन्डोनेसिाय दक्षिण एसियाको सबैभन्दा बढी जनसंख्या भएको देश हो । मंगलबारसम्म यहाँ एक लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । यो खोपको परीक्षणका लागि जम्म १२ सय १५ जना व्यक्तिलाई छानिएको छ र यो ६ महिनासम्म चल्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर