• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अन्तर्राष्ट्रिय युवा दिवस र युवाहरुको कार्यदिशा 

अघिल्लो पुस्ताको फेरो नसमाइ एक पाइला पनि चाल्न नसक्नेहरुबाट यो कार्यभर पुरा हुन सम्भव छैन् । आजको युवा पुस्ता र युवा आन्दोलन धेरै हदसम्म विकृत भएको छ । समाज रुपान्तरणका लागि युवाहरुमा युवा उमेर मात्र होइन् युवा सोच पनि हुन आवश्यक छ ।

१२ अगष्टका दिन संयुक्त राष्ट्रसंघको आह्वानमा अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदै अहिरहेको छ । सन् १९९९ देखि युवा दिवस मनाउन थालिएको हो । सन् १९९८ अगष्ट ८ देखि १२ मा भएको वल्ड कन्फिरेन्स अफ मिनिष्टर रेस्पोनसिबल फर युथले १२ अगष्टका दिन युवा दिवस मनाउने निर्णय गरे यता हरेका वर्ष यो दिवस मनाईंदै आइरहेको छ । यो वर्ष विश्वव्यापी कामका लागि युवा सहभागिता भन्ने नाराको साथ युवा दिवस मनाईंदै छ ।  

हरेका राजनीतिक आन्दोलन वा हरेक निर्माणमा युवाहरुको  सक्रिय र प्रभावकारी भूमिका रहँदै आएको छ । नेपालको सन्र्दभमा हरेक राजनीतिक आन्दोलनमा बलिदान गर्ने संख्या युवाहरुको नै बढीे छ । हरेक राजनीतिक आन्दोलनको सफलताको पछाडि युवाहरुको निर्णायक भूमिका रहिआएको छ । तैपनि आन्दोलनको सफलता पछि युवाहरुको राजनीतिक व्यवस्थापन हुन सकिरहेको देखिदैन् ।

अहिले सम्म युवाहरुको भूमिका भनेको अघिल्लो पुस्ताले निर्धारण गरिदिएको राजनीतिक एजेण्डा बोकेर हिँड्नेमा सीमित छ । अघिल्लो पुस्ताले राणा विरुद्ध आन्दोलनको एजेण्डा तय गर्यो र त्यसलाई सफल तुल्यायो । राजनीतिको दोस्रो पुस्ताले पञ्चायत र राजतन्त्र विरुद्ध संघर्षको ग¥यो र सफल पनि भयो । यसरी हेर्दा नेपालको राजनीतिमा पहिलो र दोस्रा पुस्ताले सामन्तवाद विरोधि क्रान्तिको नेतृत्व गर्यो । नेपाली राजनीति अहिले दोस्रो पुस्ताको नेतृत्वमा चलिरहेको छ भने तेस्रो र चौँथो पुस्ताले सघाइरहको छ । राजनीतिको तेस्रो र चौँथो पुस्ता मुल रुपमा युवा पक्तिं छ ।     

नेपालको बामपन्थी राजनीतिको ७१ वर्षमा सामन्तवाद विरोधि आन्दोलनको कार्यभर मूल रुपमा सकिएको छ । नेपालको बामपन्थी आन्दोलनको नेतृत्व अहिले दोस्रो पुस्ताको हातमा छ । पुँजीवादी जनवादी क्रान्ति यहि पुस्ताको नेतृत्वमा जनयुद्ध र जनआन्दोलन मार्फत मौलिक रुपमा पुरा भयो । पुजीवादी जनवादी क्रान्ति अन्तिम रुपमा सफल हुदाँ यो सम्झौताद्धारा टुङगियो । जसका कारण सिर्जित चुनौतिहरु सहितको दलाल नोकरशाही पँुजीवाद आजको युवा पुस्ताले पाएको राजनौतिक धारतल हो । युवा पुस्ताले चुनौतिका साथ खडा भएको दलाल नोकरशाही पुँजीवाद विरुद्ध संघर्ष गर्दै समाजवाद निर्माण गर्ने राजनीति ऐजेण्डा स्थापित गर्छ कि गदैन् भन्ने कुराले अबको युवा आन्दोलनको भविष्य निर्धारण गर्दछ । 

दलाल नोकरशाही पुँजीवादले सिर्जन गरेको आल्पविकास, असमानता र पिछाडिएको उत्पादन सम्बन्धका कारण सबै भन्दा बढी युवा पुस्ता नै प्रताडित छ । बेरोजगारी, अनुत्पादक शिक्षा र जीवन धन्ने पुर्वधाराहरुको अभाव आम नेपाली युवाहरुको साझ समास्यहरु हुन् । अबको युवा आन्दोलनको दिशा तय गर्दा देश भित्रै रोजगारी नपाएर खाडी मुलुकहरुमा सुन्दर भविष्य खोज्दै ४० डिरी तापक्रममा पसिना बगारहेको युवा भविष्य कसरी स्ुनिश्चित गर्ने भन्ने कुरालाई आधार बनाइनु पर्दछ । बाब आमाको उपचार खर्च जुटाउन नसकेर भौतारि रहेका लाखौ युवा,सन्ततिको सुन्दर भविष्यको निम्ति विदेशमा बोचिन बिबस भएका युवतीहरुलाई देश भित्रै रोजगारी सिर्जन गनु अबको युवा आन्दोलनको समान्य कार्यभर हो ।

अबको युवा आन्दोलनले एकतिर युवाहरुको भविष्य सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, रोजगारीको सर्वसुलभ उपलब्धताकोे सुधारवादी आन्दोलन झण्डा उठाउनु आवश्यक छ भने अर्काेतर्फ पुँजीवाद विरुद्ध संगठित रुपमा समाजवादको झण्डा उठाउन जरुरी छ । समाजवाद निर्माणको राजनीतिक कार्यदिशा स्थापित गर्नु आजको युवा पुस्ताको प्रमुख राजनीति कार्यभार हुनेछ । मानव जातिको मूतिmका निम्ति समाजवाद निर्माणको माह अभियानको कार्य सूचि स्थापित गर्नु र त्यसका निम्ति आफूलाई तयार पार्नु आजको युवा पुस्ताको कार्यदिशा हुनु पर्दछ ।

सामन्तवाद विरुद्धको आन्दोलनको नेतृत्व गरेको अघिल्लो पुस्ताबाट समाजवादी आन्दोलनको पनि नेतृत्व होस भनेर अपेक्षा राख्नु वस्तुगत रुपमा समेत उपयुक्त हुदैन र त्यो सम्भाव पनि छैन् ।   

दलाल तथा नोकरशाही पँुजीवाद विरुद्ध संघर्ष गर्ने  भनेको पुँजीवादसँग चहि संघर्ष नगर्ने भनेको कदापि होइन् । दलाल नोरकशाही पुँजीवादसँग संघर्ष गर्दै समाजवादको निर्माण गर्ने हो । दलाल नोरकशाही पुँजीवादसँग  संघर्ष गरेर पुँजीवाद स्थापित गर्ने चाँहि होइन् ।

पुँजीवाद विरुद्धको लडाईं हिजोको सामन्तवाद विरुद्धको लडाइ भन्दा अझ जोखिमपुर्ण हुने निश्चित छ । अघिल्लो पुस्ताको फेरो नसमाइ एक पाइला पनि चाल्न नसक्नेहरुबाट यो कार्यभर पुरा हुन सम्भव छैन् । आजको युवा पुस्ता र युवा आन्दोलन धेरै हदसम्म विकृत भएको छ । समाज रुपान्तरणका लागि युवाहरुमा युवा उमेर मात्र होइन् युवा सोच पनि हुन आवश्यक छ । कुनै अमुख नेताको दलाली गरेर वा कुनै अमुख नेताको विरोध गरेर नेता हुन खोज्ने, विचार राजनीति र समाजको अध्ययन नगर्ने निश्चित पुँजीपतिहरुको दलाली रहेर जीवन निर्वाह गर्न खोज्ने प्रवृत्ति आजका युवा आन्दोलनका समास्य हुन् । युवा हुनु भनेको नकारत्मक प्रवृत्तिको विरुद्ध आगो ओकल्नु हो सत्य र तथ्यको खोजमा समर्पित हुनु पनि हो । हरेक नयाँ प्रयोगका निम्ति जोखिम उठाउन तयार रहनु युवाहरुको अर्काे विशेषता हो । 

पाँच सय वर्षको पँुजीवादको इतिहासले यो कुरा सिद्ध गरेको छ कि पुँजीवादबाट मानव जातिको मुक्ति सम्भाव छैन् । मानव जातिको मुक्ति निम्ती समाजवाद नै निर्विकल्प विकल्प हो । महान् राजनीतिज्ञ एंव जर्मन कम्यूनिष्ट पार्टीकी नेता रोजा लकजम्बर्गले भनेकी थिइन कि त समाजमा बर्बरता हुन्छ कि त समाजवाद । रोजाले भने झैं आज विश्वमा पुँजीवादको बर्बरता कायम छ । यसलाई बदल्नु र समाजवाद निर्माण गर्नु अबको युवा आन्दोलनको कार्यदिशा हुनु पर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर