• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

प्रचण्ड सचिवालयका एक सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका एक सवारी चालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउने चालकमा संक्रमण देखिएको हो । 

यसअघि पनि प्रचण्ड सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । स्रोतका अनुसार सचिवालय सदस्यको कोरोना परीक्षण भइसकेको छ । उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

तर, सचिवालयका केही सदस्यहरु होम क्वारेन्टाइनमा बसेको स्रोतले जानकारी दिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर