बिहीबार सुन तोलामा २४ सय रुपैयाले बढ्यो

काठमाडौं । बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य फेरि बिहीबार फेरि बढेको छ । बिहीबार तोलामा दुई हजार चार सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबारका लागि सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको छ। यसैगरी बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर