शुक्रबार पनि बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ । शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो  ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर