घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु 

झापा  ।  निर्माणाधीन घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिक गम्भीर घाइते भएकी छिन् ।

इलाका प्रहरी कार्यालय  अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार बिर्तामोड नगरपालिका – १  देवी पञ्चकन्यामा निर्मला चौहानको निर्माणाधीन घरको गेटले किच्दा सोही ठाउँ निवासी ८ वर्षीया वालिका एन्जल सुनुवारको मृत्यु भएको छ भने उनकी ११ वर्षीया दिदी एलुन सुनुवार गम्भीर घाइते छिन् । घाइतेको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

शुक्रवार साँझ खेल्ने क्रममा सुनुवार दिदी वहिनीलाई निर्माणाधीन घरको गेट लढेर किचेको  थियो । गेटले किचेर गम्भीर घाइते भएका दिदी वहिनी मध्ये वहिनी एन्जल सुनुवारको आज मृत्यु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर