• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

१६ वर्षपछि क्वाटरफाईनलबाटै आउट मेसी र रोनाल्डोको युग सकिएको हो ?

काठमाडौं । शनिबार राति बार्सिलोनाले बार्यन म्यूनिखसँग अनपेक्षित हार बेहोरेपछि मेसी र रोनाल्डोको एक छत्र राजको युग सकिएको हो भन्ने प्रश्न सतहमा आएको छ । खेल सकिएलगत्तै कतिपयले मेसी र बार्सिलोनाको युग सकियो पनि भनेका छन् ।
 
विगत १५ वर्षदेखि च्याम्पियन्स लिगको हरेक सेमिफाईनलमा मेसी वा रोनाल्डो मध्य एक हुने गर्दथे । तयर यसपाली पहिलो पटक दुवै सुपरस्टार विना च्याम्पियन्स लिगको सेमिफाईनल हुदैछ । सन् २००४, २००५ को च्याम्पियन्स लिग यता लगातार यीनै दुई खेलाडीले एकतत्र राज गरिरहेका थिए ।

रोनाल्डोलको युभेन्टस क्वाटरफाईनलमा पनि पुग्न नसकि अन्तिम १६ बाटै लियोनसँग हार बेहोरेर बाहिरिसकेको छ । 

यस पटक अर्को एउटा रेकर्ड पनि कायम भएको छ, विगत १३ वर्षदेखि अर्थात सन् २००६, २००७ यता च्याम्पियन्स लिगको सेमिफाईनलमा स्पेनिस क्लव पुग्न असफल भएका छन् । 

मेसी र रोनाल्डो दुवैले च्याम्पियन्स लिगको सेमिफाईनल नै गुमाउनु भनेको अनपेक्षित संयोग मात्रै हो कि यो एउटा युग कै अन्त्यको संकेत हो ? किन पनि यसो भनिएको हो भने, सन् २००८ यता मेसीले ६ पटक, रोनाल्डोले ५ पटक बेलोन डि ओर जिते, सन् २०१८ मा क्रोयसियन लुका मोड्रिच अपवादको रुपमा रहे । 

चार पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेका मेसी सन् २०१४, २०१५ यता उपाधि विहिन् छन् । रोनाल्डोले चार पटक रियल मड्रिड र एक पटक म्यानचेष्टर युनाईटेडमा समेत गरि ५ पटक यो उपाधि उचालेका छन् । 

सन् १९४९ मा भ्यालेन्सीयाले हाने यता बार्सिलोनाले ७ गोल खाएको थिएन ।

सन् १९७६ यता युरोपका प्रतिस्पर्धामा बार्सिलोनाले एउटै खेलमा ५ गोल खाएर हार बेहोरेको थिएन । तर शनिबार रातिको बार्सिलोनाको हार या त मेसी रोनाल्डो युगको अन्त्य भएको संकेत हो या १२ वर्षमा एक पटक लाुका मो्िडरच विश्व वर्ष खेलाडी भएजस्तै हो । 

सन् २०१३ मा पनि बार्सिलोनाले बार्यन म्यूनिखबाटै अन्तिम १६ मा दुई लेगमा गरि ७ गोल खाएको थियो । 

जे भएपनि शनिबार रातिको परिणामले बार्सिलोना भित्र भने ठूलो उथलपुथल ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर