• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मोदीसँग टेलिफोन वार्ता गर्दै ओलीले भने– अर्थपूर्ण सहकार्यको अपेक्षा गरेका छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरी अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेको उल्लेख गरेका छन् ।  भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोनमार्फत कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्वतन्त्रता दिवसको अवसरमा छिमेकीसँगको सम्बन्धमा जोड दिने भनेर मोदीले दिएको अभिव्यक्तिको ओलीले प्रशंसा समेत गरेको र दुवै प्रधानमन्त्रीले भविष्यमा दुईपक्षीय छलफललाई जारी राख्ने कुरामा सहमति जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीले कोभिड(१९ खोपको आवश्यकतालाई औंल्याउँदै भारतलगायतका विश्वभरका वैज्ञानिकहरुले यसको विकास गर्न सक्षम हुने अपेक्षा राखेको बताएका थिए।

ओलीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकोमा पनि मोदीलाई बधाई दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर