• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अवैध बन्दुकसहित दुईजना पक्राउ

पाल्पा । पाल्पामा अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन । जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीस्थित बेल्गामा अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ।

अवैध रुपमा आफ्नै घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुको घरैबाट बन्दुक सहित नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन गिरीले जानकारी दिए ।   यस्तै प्रहरीले केही दिन अघि सोही गाउँपालिकाको वडा नं। ३ स्थित छचुवाबाट स्थानीय गन बहादुर कुमाललाई आफ्नै घरमा अवैध रुपमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर