• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

परिवारलाई बचाउँन ‘एके४७’ उठाएकी अफगान किशोरीको कहानी : आफ्नै पतिलाई मारिन् कि तालिवान लडाकुलाई  ?

कावून खामूश, अफगानिस्ता । जब १५ वर्षीया नुरियाको घरमा चरमपन्थीहरुले आक्रमण गरे उनले आत्मरक्षाका लागि एके४७ राइफल उठाइन् । उनले दुई जना लडाकुलाई ढालिदिइन् र तेश्रोलाई घाइते बनाइन् । 

उनको यस कदमपछि अफगान सरकारले उनलाई एक ‘हिरो’को रुपमा प्रशंसा गर्यो । यद्यपि, यस घटनाको दुई सातापछि अब एक यस्तो अफवाहले माहोल तातिएको छ जसमा आक्रमणकारीको वास्तविक पहिचानमा आशंका व्यक्त गरिएको छ । 

के नुरिया चरमपन्थीहरुबाट आफ्नो रक्षा गरिरहेकी थिइन् वा वास्तवमा उनले आफ्नो पतिलाई नै मारिदिइन् ? जस्ता प्रश्नहरु उठिरहेका छन्, किनकि त्यस रातको कहानी निक्कै जटिल छ । के नुरियाले तालिवान आक्रमणकारीलाई मारेकी थिइन् वा आफ्नो पतिलाई मारिदिइन् वा दुवैलाई ? 

यसमा सहभागी सबै व्यक्तिको नाम उनको सुरक्षार्थ परिवर्तन गरिएको छ । ती कथित आक्रमणकारीहरु अध्याँरोमा गाउँ पसेका थिए । नुरियाका अनुसार, रातको करिब १ बजेको थियो जतिबेला ती व्यक्तिहरुले उनका बुबा–आमाको घरको मुल ढोका ढकढकाएको आवाज आयो । 

यस आवाजले नुरिया ब्युँझिइन्, तर उनी शान्त उभिइरहिन् । उनले आफ्नो कोठामा सुतिरहेको १२ वर्षीय भाईको बारेमा सोचिन् । त्यसपछि ती पुरुषहरुले आमा–बुबालाई घरबाहिर लगेको थाहा पाइन् । 

बिबीसी फारसीलाई दिएको एक अन्तरवार्तामा उनले उक्त रातको घटनाको बारेमा बताएकी छिन् । त्यसपछि उनले गोलीको आवाज सुनिन् । उनीहरुले उनका बुबा–आमालाई मारिदिइसकेका थिए । 

नुरिया उथल–पुथलले भरिएको अफगानिस्तानको एक सानो गाउँमा हुर्किएकी थिइन् । उनी एक लज्जालु र विस्तारै बोल्ने युवती थिइन् । तर उनी गन समात्न र त्यसको सटीक निशाना लगाउन पनि जान्दथिइन् । उनलाई उनका बुबाले सानै उमेरदेखि आत्मरक्षामा हतियार चलाउन सिकाएका थिए । 

त्यस रात नुरियाले लुक्नुको साटो आफ्नो बुबाको एके४७ राइफल उठाइन् र बाहिर उभिरहेका व्यक्तिहरुमाथि गोली चलाइन् । उनका अनुसार, गालीहरु नसिकिएसम्म उनले लगातार फायरिङ गरिरहिन् । आएको एक घण्टापछि ती मानिसहरु अध्याँरोमा फर्किएको उनी बताउँछिन् ।  घरबाहिर पाँच मृत शरीर थिए, जसमा एक उनी आमा र अर्को बुबा, एक वृद्ध छिमेकी जो आफन्त पनि थिए र दुई आक्रमणकारी । 

‘यो निक्कै भयानक थियो । उनीहरु यति क्रुर थिए । मेरो बुबालाई पक्षघात भएको थियो । मेरी आमा निर्दोष थिइन् । उनीहरुले मारिदिए,’ उनी भन्छिन् । 

अफगानिस्तानमा हुर्किइरहेका नुरियाजस्ता किशोरीहरुले युद्ध बाहेक केही देखेका छैनन् । सरकार समर्थक बल र तालिवानका बीच विवाद चलेको २५ वर्षभन्दा बढी भइसकेको छ । 

सरकार समर्थक बलको नियन्त्रणमा सहर तथा ठूला वस्तीहरु छन्, जबकि तालिवानको हातमा ठू–ठूला दुर्गम इलाका छन् । नुरियाको जस्तो थुप्रै गाउँ प्राय यस युद्धको बीचमा फस्ने गरेको छ । 

ग्रामीण प्रान्त घोरमा तालिवान लडाकूद्धारा सरकार समर्थक फौजको चौकीमाथि आक्रमण गर्नु एक सामान्य कुरा बनेको छ । नुरिया र सुरक्षा प्रहरीमा अफिसर रहेका उनको सौतनी दाजुका अनुसार, उनीहरुको बुबालाई चरमपन्थीहरुले कबीलाई सरदार र सरकाकार समर्थक सामुदायिकन नेता भएका कारण निशाना बनाए । 

तर, आक्रमणको दुई सातापछि यसको परिस्थितिहरुलाई लिएर फरक–फरक वर्गहरु नुरिया, उनको दाजु, मारिएका आक्रमणकारीको परिवारका सदस्यहरु, स्थानीय प्रहरी, स्थानीय जेष्ठ नागरिक, तालिवान प्रतिनिधि र अफगान सरकारबाट घटनाको फरक–फरक तस्विर आइरेका छन् । 

बिबीसी फारसीलाई दिइएको थुप्रै बयान अनुसार, आक्रमणकारीहरुमध्ये एक नुरियाका श्रीमान थिए र तालिवान लडाकूसँग लड्ने युवतीको वहादुरीको कहानी वास्तवमा एक वारिवारिक विवाद थियो । 

फरक–फरक बयानले नुरियाका साथ के भएको थियो भन्ने वास्ताविकतालाई लुकाउने प्रयास गर्छ र यो ग्रामिण अफगानिस्तानको एक यस्तो दुःखद वास्तविकता हो जसमा युवा महिलाहरु प्राय उनीहरुलाई नियन्त्रण गरेर कबीर्ला संस्कृति, परम्परागत रीतिरिवाज तथा पितृसत्तामा फँसेका हुन्छन् । 

नुरियाको जस्तै उनीहरुसँग पनि कुनै शक्ति हुँदैन, उनीहरुसँग शिक्षा हुँदैन र उनीहरुलाई हिंसामा कतिबेला घसेटिने हो थाहा हुँदैन । त्यस रात के भएको थियो भन्ने कुरा भन्दापनि त्यस रात ती पुरुषहरु किन आएका थिए ? भन्ने बढी विवादित छ । यद्यपि, उक्त गाउँमा मध्यरातमा आक्रमण भएको थियो भन्नेमा भने सबै सहमत छन् । 

नुरियाका अनुसार, ती अन्जान पुरुषहरुले आफूलाई मुजाहिदीन लडाकू भएको र आफूहरु उनको बुबालाई लिन आएको बताएका थिए । यद्यपि, यी किाशेर युवतीसँग भएको झडपमा आफ्नो संलग्नता नरहेको तालिवानले बताएको छ । तर त्यस रात गाउँमा आक्रमण भएको उनीहरुले पनि पुष्टि गरेका छन् । 

उनीहरुका अनुसार एक स्थानीय प्रहरी चेकपोइन्टलाई निशाना बनाइएको थियो, जसमा तालिवानका दुई लडाकु घाइते भएको तर कसैको मृत्यु भएन । यद्यपि, स्थानीय तथा राष्ट्रिय अफगान सरकारी अफिसरहरुले ठूलो आक्रमण विरुद्ध जीत हासिल गरेका छन् र नुरियालाई एक वास्तविक ‘हिरा’ दावी गरेका छन् । 

नुरिया र उनका भाईलाई सैनिक हेलिकप्टरको माध्यमबाट गाउँबाट निकालेर एक स्थानीय सुरक्षा घरमा राखिएको छ । तर, सामाजिक सञ्जालमा भने यो घटनाबारे सर्वत्र चर्चा परिचर्चा भइरहेको छ । 

तालिवान आक्रमणलाई विफल पारेकोप्रति अफगानिस्तानमा आम नागरिकको प्रशंसा गर्नु राष्ट्रपति घानीको नयाँ कुरा होइन । तर, जब राष्ट्रपति घानीले नुरियालाई राजधानी काबुल बोलाए, यसको प्रतिक्रिया मिश्रित थियो । 

केहीले उनलाई ‘एक हिरो’ बताएका छन् भने अन्य केहीले उनलाई एक निर्दोष बालिका जो युद्धरत दुई पक्षबीच फँसेकी बताएका छन् । जसमध्ये एउटाले उनीमाथि आक्रमण गर्यो जबकि अर्कोले उनलाई पिआर स्टन्टका लागि प्रयोग गर्यो । 

त्यहाँका प्रहरी अधिकारीहरुका अनुसार, घटनाको अर्को दिन घटनास्थलमा स्थानीय प्रहरीले दुई मृत पुरुषबाट परिचयपत्र भेटेको र ती दुवै तालिवान समर्थकको रुपमा चिनिने बताए । घाइते भएका तेश्रो व्यक्ति तालिवानको एक उच्च दर्जाको कमाण्डर भएको र भागेको बताइएको छ । 

त्यस्तै, बिबीसीले पनि स्वतन्त्र रुपले ती दुवै व्यक्तिको पहिचान गरेको छ । बिबिसीका अनुसार, यी दुवैको उमेर जम्मा २० वर्ष र उनीहरु अफगानको परम्परागत कपडामा थिए । तालिवानसँग जोडिएको एक सुत्रले पनि एक जना घाइते भएर भागेको प्रहरीलाई बताएको थियो ।

जब नुरिया र उनको १२ वर्षीय भाईलाई राजधानी काबुल बोलाए उनका आमा–बुबाको हत्यालाई दुखद तर स्पष्ट देखिएको थियो । तर आक्रमणको एक सातापछि मर्नेमध्ये एक जना आक्रमणकारी एक कुनै अज्ञान लडाकु नभएर वास्तवमा नुरियाको पति भएको खबर आउन थाल्यो । 

बिबीसीका अनुसार, परिवारका सदस्य तथा स्थानीय श्रोतले नुरियाका पति रहीम आफ्नो पत्नी लिन गाउँ आएका थिए । त्यसअघि एक पारिवारिक विवादका कारण नुरियाका बुबाले उनलाई आफ्नो घर ल्याएका थिए । नुरियाका पति तालिवानसँग जोडिएका थिए र तालिवान चरमपन्थीहरुलाई साथमा लिएर ससुराको घर आएका थिए ।

र जुन व्यक्तिलाई नुरियाको पति बनाइएको छ उनी पनि त्यही रात मृत पाइएको थियो । यद्यपि, नुरियाले उनको विवाह कहिल्यै नभएको बताएकी छिन् । 

अन्य स्थानीय वासिन्दाका अनुसार, नुरिया एक ‘मोखी’ सम्झौताको हिस्सा थिइन् जसमा दुई परिवारका बीच महिलालाई विवाहका लागि एक अर्कोलार्य बाचा गरिन्छ । यसैगरी, रहीमको विवाह नुरियासँग उनकी दोश्रो पत्नीको रुपमा भएको थियो, जबकि नुरियाका बुबाको विवाह रहीमको किशोरी भतिजीसँग उनकी दोश्रो पत्नीको रुपमा भएको थियो । 

यद्यपि, दुवै युवतीहरुको उमेर विवाहका लागि कम छ, यस्तो अवस्थामा उनीहरुका लागि केही वर्षसम्म पर्खिइने र त्यसपछि मात्रै विवाहलाई आधिकारिकता दिइने सहमति बनेको थियो । 

के वास्तवमै रहीम नुरियाका पति थिए त भन्नेबारे पत्ता लगाउन बिबीसले रहीमकी आमा शफिकाको पत्ता लगायो । शफिका निमरुज प्रान्तमा आफ्नो छोराको पहिलो श्रीमती र उनका दुई सन्तानसँग बस्दिरहिछिन् । 

टेलिफोनमा शफिकाले नुरियाको विवाह तीन वर्षअघि ‘मोखी’ सम्झौता अनुसार भएको पुष्टि गरिन् । उनका अनुसार, उनकी एक नातिनी, रहिमकी भतिजी, को विवाह नुरियाका बुबासँग भएको थियो । 

शफिकाका अनुसार, तर दुई वर्ष नबित्दै रहीम हेलमेन्डमा काम गरिरहेका बेला नुरियाका बुबा अचानक उनलाई आफ्नो घर लगे र आफ्नी पत्नी अर्थात् रहीमकी भतिजीलाई फिर्ता ल्याउँछन् । एक प्रकारले उनले यस सम्झौतालाई रद्द गरेका थिए । 

यस विवादलार्य मिलाउन गाउँका ठूलाबढासँग मद्दत मागेपनि आर्थिक रुपले कमजोर भएकाले नुरियाका बुबालाई यसो गर्नबाट रोक्न नसकेको उनी बताउँछिन् । त्यस रात रहीम नुरियाको घर उनलाई लिन पुगेको शफिकाले पुष्टि गरेकी छिन्, तर उनको उद्देश्य कसैलाई मार्नु नभएको उनी बताउँछिन् । 

‘उनीहरु शक्तिशाली थिए । हामी गरिब हौँ । रहीम आधा रातमा गएको थिएन । उसलाई नुरियाका बुबाले बलाएपछि साँझमा गएका थिए ताकि समस्याको हल निकालियोस् र यसमा सम्बन्धविच्छेद पनि सहभागी थियो ।’

उनी आफ्नो छोरा तालिवान लडाकु भएको अस्विकार गर्छिन् । तर, रहीम कामका लागि हेलमन्ड गएको कहानी तालिवान सुत्रले बताएको लाइमलाइनसँग मेल खान्छ र उनी करिब दुई वर्षपहिले हेलमन्डमा उनीहरुको सञ्जालको एक हिस्सा थिए र त्यसपछि उनले नुरियासँग विवाह गरेका थिए ।

१२ वर्षअघि रहीमका एक दाजु जो एक प्रहरी अधिकारी थिए, उनी निमरुजमा एक आत्मघाती बम आक्रमणमा मारिएको बताइन् । रहीम कहिल्यै पनि तालिवानको सदस्य नभएको र कन्स्ट्रक्सनमा काम गर्ने बताउँछिन् । अब उनको परिवारमा कोही पुरुष सदस्य छैनन् । 

नुरियाको प्रान्तका स्थानीय प्रहरी तथा गाउँका मुखियाहरु र अफगानिस्तानका अधिकारीहरु नुरियाको रहीमसँग विवाह नभएको दावी गर्छन् । नुरियाको घरमा आक्रमण गर्नु तालिवानको एक तालिका भएको र उनका पिता यस आक्रमणको निशाना रहेको उनीहरु बताउँछन् । 

निक्कै कमलाई मात्रै त्यस रात वास्तवमै के भएको थियो भन्ने थाहा छ । कसैलाई पनि पुरै कहानीको वास्तविकता थाहा छैन । घटनाको भोलिपल्ट घर नजिकै नुरिया र उनका छिमेकी मिलेर बुबा–आमाको अत्येष्टि गरे । 

जतिबेला उनीहरुको अत्येष्टि भइरहेको थियो, अफगान सरकार र तालिवानबीच पहिलोपटक सिधा शान्तिवार्ता हुने तयारी भइरहेको थियो । यस वार्ताको अफगानिस्तानका फरक फरक प्रकारका आशाहरु छन्, तर हजारौँ अफगानीहरु हरेक महिना मरिरहेका छन् । 

नुरिया जस्तै थुप्रै निर्दोष महिला तथा बालबालिकाहरु शक्ति र आवाज सीमित गरिएका छन्, उनीहरुसँग शारीरिक तथा भावनात्मक रुपले कुनै पनि प्रकारले आफूँलाई बचाउँन बाहक कुनै विकल्प छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर