क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा कोरोना संक्रमण

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर जाँच गराउँदा उनमा कोरोना संक्रमणको पुष्टी भएको हो ।

प्रमुख पजियारले शुक्रबार पीसीआर जाँच गराएका थिए । प्रमुख पजियार होम आइसोलेससनमा रहेका छन् । उनमा कोरोनाको संक्रमण पुष्टी भएपनि लक्षण भने नदेखिएको प्रमुख पजियारले बताए । उनले भने ‘ मलाई हलुका फिवर आएको थियो पीसीआर जाँच गराउँदा कोरोना संक्रमणको पुष्टी भएको हो ।’ अगाडी भने ‘ममा कोरोना संक्रमणको पुष्टी भएपनि अहिले त्यस्तो कुनै लक्षण देखिएको छैन, म अहिले होम आइसोलेसनमा छु ।’ उनले पछिल्लो केही दिन यता सम्पर्कमा आएका व्यक्तिलाई आफ्नो पीसीआर जाँच गराएका थिए ।

प्रमुख पजियारसंगै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५का ४८ वर्षिया एक महिलामा संक्रमण देखिएको छ ।

यता महोत्तरीको भंगहा नगरपालिकाका वडा नम्बर ४का वडाध्यक्षमा समेत कोरोना संक्रमण पुष्टी भएको छ । भंगहा वडा नम्बर ४का वडाध्यक्ष अशोक कुमार महतोमा कोरोनाको संक्रमण पुष्टी भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर