• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मेसी बार्सिलोनाको 'चुम्बक'बाट उम्केर जाने बेला भएको हो !

जोसेफ मारिया बार्टोमेउले क्लबको अध्यक्षको हिसावले शुक्रबार राति को ऐतिहाँसिक र सर्मनाक हारको जिम्मेवारी लिदै पदबाट राजिनामा दिनुपर्दछ ।

एजेन्सी । बार्सिलोना लियोनल मेसीको घर हो । उनको असली घर भने स्पेनको समुन्द्री किनार कोष्टा डोराडा भन्दा केही किलोमिटर टाढा छ । हवाई यात्रामा रोसारियो र बार्सिलोनाबीचको दुरी १२ घण्टाको छ । 

गोल डटकमका लागि रिक शर्मा लेख्छन्, 'तपाई बार्सिलोना पुग्नुभयो भने मेसीलाई नसम्झिकन हिडनै सक्नुहुन्न । मेसी लेखिएका १० नम्बरका जर्सिहरु हरेकजसो बारहरुमा, रेष्टुरेण्टहरुमा झुण्डिएका हुन्छन् । मेसीका तस्वीरहरु हरेक जसो घरका ढोका, झ्यालहरुमा टाँसिएका हुन्छन् । बाटो हिड्दा १० नम्बरका मेसी लेखिएका जर्सी लगाएर हिड्ने मानिसहरु बाक्लै भेटिन्छन् ।

र कसैले बार्सिलोना फुटबल क्लब बारे कुरा गर्दा मेसी पर्यावाची जस्तै भएर आउछन् ।' 

तर यो अब कहिले सम्मका लागि हो त ?

३३ वर्षीय अर्जेन्टाईन सुपरस्टार आफ्नो फुटबल करिअरको उत्तरार्ध तिर छन् । उनि बार्सिलोनाका 'हजुरबुबा' जस्तै नै हुन् । युवा टिमको खेलाडी, प्रभावकारी सुपरस्टार जसले राम्रा पास निकाल्यो, गोल गर्यो, कुद्यो र व्यक्तिगत हिसावले पनि राम्रो सन्देश छोडेको छ । जो अहिले पनि बार्सिलोनाको अग्रपंक्तिको नेतृत्व गरिरहेको छ । क्याटालान क्लबलाई डोहोर्याईरहेको छ । 

तर शुक्रबार राति लिस्बनमा बार्यन म्यूनिखको लाजमर्दो दवाव खेप्दै गर्दा उनको टिम सच्चिने संभावना देखिएन । मेसीले राम्रो समर्थन गरिरहेका बार्साका एक नम्बर गोल किपर मार्क आन्द्रेस टेर स्टेगेनले सधैं भन्दा फरक बल जोडले विपक्षी पोष्ट तिर फालिरहनु पर्यो । 

बार्साले ला लिगाको टाईटल रियल मड्रिडलाई सुम्पिएसँगै उसका कमजोरी र क्षमताहरु छताछुल्ला भईसकेका थिए । जसरी प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडले ईलाईट क्लबको प्रभाव गुमाउदै गएको थियो । 

बार्सिलोनाको बोर्डले विगत केही वर्ष देखि मेसीसँगको समझदारी तोड्दै आईरहेको थियो । 

शुक्रबार राति लिस्बनमा यति सम्म भयो, बार्साले लिभरपुलबाट महंगोमा किनेर एक वर्षपछि लोनमा बार्यन पठाएका ब्राजिलियन कोटिन्हाे बेच्नबाट आएर २ गोल र एक असिस्ट गरे । उता बार्सिलोना बोर्ड भने नेईमारलाई २२० मिलियन युरो मुल्य तिर्न समेत खेलाडी साटफेर गरेर भएपनि भित्र्याउने प्रयास गरिरहेको छ । 

यो कोटिन्हो, डेम्बेले र एन्टुअन ग्रिजम्यानका लागि बार्टोमेउ र उनको बोर्डले 'अपराध' गरे सरह हो । जसले मेसीलाई मैदानमा एक्लो बनाईरहेको छ ।  

पछिल्लो समय मेसीले केही गंभिर सोच बनाईरहेका छन्, जो विगतमा थिएन । मेसीले बार्सा छोड्ने संभावनाको कुरा विगतमा कतै थिएन, तर अहिले उनको मनमा गहिरो गरि परिरहेको छ । 

उनले यस अघि नै बोर्ड समक्ष टिममा तात्वीक फेरबदल गर्न आग्रह गरेका थिए । यो टिमले च्याम्पियन्स लिगमा नापोलिलाई पनि हराउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनको भनाई बार्यनसँग लिस्बनमा सर्मनाक हार बेहोर्दैगदा पुष्टि भएको छ । 

बार्साको मैदानमा मात्र हैन मैदान बाहिर पनि प्रभाव पार्न सक्ने डिफेन्टर जेरार्ड पिके ले शुक्रबारको हारपछि बार्सिलोनामा ठूलो परिवर्तनको आवश्यकता औल्याउदै बार्सा बोर्डको चुनावतर्फ संकेत गरेका छन् । 

बार्साका केही खेलाडी वा कोचको मात्र हैन बार्सिलोनाले आधारभूत रुपमानै परिवर्तन गर्न नसके उसले युरोपेली फुटबलमा प्रतिस्पर्धा गर्न नसक्ने उनले बताएका छन् । 

पूर्वनिर्धारित सन् २०२१ मा बोर्ड अध्यक्षको चुनाव हुने अवस्थामा पुर्नविचार गर्दै बार्टोमेउले मार्गप्रसस्त गर्नुपर्ने टड्कारो आवश्यकता छ । कोच परिवर्तन गर्दैमा केही हुदैन ।

आधारभूति परिवर्तन गरिएन भने कोच परिवर्तन गर्दैमा केही हुदैन भन्ने कुरा भालभार्डेका पालामा लिभरपुलसँग ४ ० र रोमासँग ३ ० को हार बेहोरेको बाट पनि देखिन्छ ।
लुईस एनरिकका पालमा पनि बार्साले युभेन्टससँग ३ ० को हार खाएको थियो ।

बार्सा बोर्डले ब्राजिलियन युवा मिडफिल्डर अर्थुर मेलोलाई बेचेर युभेन्टसका पाका पिजानिक भित्र्याउने निर्णय लिदै गर्दा पनि समर्थकहरुको ठूलो संख्याले बार्टोमेउको राजिनामा मागेको थियो ।

बार्सिलोनाले आफ्नो पुनर्निमार्ण थाल्नु पर्दछ । जसको मैदानमा खासै प्रभाव छैन, स्वारेज, राकिटिक, मिडाल लगायतका ठाँउमा रिकी पुज, आन्सु फाती जस्ता फ्रेस ब्लडले मात्रै बार्यन म्यूनिखहरुको समना गर्न सक्दछन् ।

लिजेण्ड मिडफिल्डर जाभी हर्नान्डेज बार्सिलोनाका लागि उत्तम विकल्प हुन सक्दछन् तर उनि बार्टोमेउ रहुन्जेल आउने छैनन् । 

मेसीलाई बचाईराख्नका लागि पनि बार्साले छिटो भन्दा छिटो गंभिर कदम चाल्नु पर्दछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर