• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बेलायतले जारी गर्यो क्यारेन्टिनका नयाँ निमय, बेलायतीहरुलाई स्वदेश फर्कन हतारो

एजेन्सी । बेलायतले स्थानीय समयानुसार शनिवार विहान ४ बजेपछि फ्रान्स र नेदरल्याण्डबाट आउनेहरुका लागि १४ दिने बाध्यकारी क्वारेन्टिन बस्नुपर्ने घोषणा गरेको छ । यो नियम माल्टा, मोनैको र अरुबादेखि आउनहरुका लागि पनि लागू हुनेछ । 

बेलायत सरकारको यस घोषणापछि छुट्टि मनाउन फ्रान्स र नेदरल्याण्ड गएका मानिसहरु हतारमा देश फर्किरहेका छन् । ती देशहरुमा कोरोना संक्रमितको बढ्दो संख्यालाई हेर्दै बेलायतले यस्तो निर्णय लिएको हो । 

कोरोना प्रभावित देशहरुबाट आउनेले यदि १४ दिनको क्वारेन्टिन बस्न नमाने एक सय पाउन्डको जरिवाना लगाइने बताइएको छ । ५ सरकारी अधिकारीमध्ये एक व्यक्तिलार्य सम्पर्क गरेर उनीहरु क्वारेन्टिनको नियम पालना गरिरहेका छन् वा छैनन् भनी अवलोकन गरिनेछ । 

जो व्यक्तिहरुले क्वारेन्टिनको नियमहरुलाई उल्लंघन गरेको पाइनेछ उनीहरुमाथि जरिवाना लगाइनेछ । इंग्ल्याण्डमा एक हजार पाउण्डसम्म, वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्डमा ४८० पाउन्डसम्म जरिवाना लगाउन सकिने नियम बनाइएको छ । त्यस्तै बारम्बार क्यारेन्टिनको नियम उल्लंघन गरेमा ५ हजारसम्म जरिवाना लगाइनेछ । 

बेलायत सरकारले एक सूची तयार गरेको छ जसमा उच्च दरमा पुष्टि भइरहेका कोरोना संक्रमणको आधारमा देशहरुलाई राखिएको छ । यस सूचीमा रहेका देशहरुबाट आएका प्रत्येकलाई बाध्यकारी क्वारेन्टिनमा बस्नुपर्ने छ । 

यसैगरी बेलायतले कम जोखिम भएका देशहरुको पनि सूची तयार परेको छ । यी देशबाट फर्किनेहरुलाई सेल्फ–आइशोलेसनका लागि भनिने छैन । 

सरकारको यस फैसलाका कारण थुप्रै मानिसहरु अप्ठ्यारोमा परेका छन् । फ्रान्स र नेदरल्याण्डमा छुट्टि मनाउन गएकाहरु अब चाँडै बेलायत फर्कने प्रयासमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर