• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बजारमा आउँने बित्तिकै किन्नेको भिड हुने यो तरकारीको मूल्य प्रतिकेजी १२ सय रुपैयाँ 

एजेन्सी । सम्भवत :  भारतमा पाइने तरकारी मध्ये सबै भन्दा महँगो हो हो ‘खुखडी’ । त्यो पनि भारतको दुई राज्य  झारखण्ड र छत्तिगड यी ठाउँमा मात्र पाइन्छ । बजारमा यसको मूल्य प्रतिकेजी १२ सय रुपैयाँले विक्रि हुने गरेको छ । यो तरकारी बजारमा आउँने बित्तिकै किन्ने मानिसहरुको भिड लाग्ने गरेको छ । यसमा अत्याधिक मात्रामा प्रोटिन पाइन्छ । 

छत्तिसगडमा यसलाई  खुखडी भनिन्छ भने झारखण्डमा यसलाई रुगडा भनिन्छ । यो दुबै च्याउको एक प्रजाति हो । यो प्राकृतिक रुपमा जंगलमा उत्पादन हुने गरेको छ । यसलाई दुई दिनमै पकाएर खानुपर्छ त्यो भन्दा धेरै दिनमा यो बिग्रन्छ ।  

विशेष गरी यो तरकारी उम्रनको लागि दुई महिना लाग्ने गर्छ । त्यस समयसम्म बजारमा यसको माग निकै बढिसकेको हुन्छ । साउनको महिनामा मांशहारी खाना कम खाने भएकोले  त्यो  महिनामा यसको माग धेरै हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर