राजस्व छली गरेको झण्डै २ लाखको सामान बरामद

कञ्चनपुर। कञ्चनपुरको महाकाली नगरपालिका–१ गढीगोठ क्षेत्रबाट मङ्गलबार प्रहरीले राजश्व छलेर ल्याउँदै गरेको रु एक लाख ९२ हजार मूल्य बराबरको सामान बरामद गरेको छ। 

सीमा सुरक्षा तैनाथ सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको किराना र हार्डवेयरको सामान बरामद गरेको हो।     

दुई मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको सामान बरामद गरिएको सशस्त्र प्रहरी शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।

तस्करहरू सशस्त्र प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छाडेर भागेको उनको भनाइ छ। बरामद सामान र मोटरसाइकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ। रासस    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर