• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 04:22 am

प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द

कर्णाली ।  प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए। हाल  कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् ।

 चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्र्ने निर्देशक खड्काको भनाइ छ  । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा