• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:47 am

न्वारनमा भोज आयोजना गर्नेमा कोरोना संक्रमण भेटिएपछि ७० जनाको स्वाब संकलन

बाग्लुङ। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले ३ भदौदेखि नगर क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ। 

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलाप बन्देज गरिएको छ तर बागलुङ-१० भकुण्डको गलुवामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा स्थानीयवासी त्रसित बनेका छन्। 

त्यहाँ संक्रमित एक परिवारको घरमा गरिएको न्वारनमा ठूलो जमघट गरी सामूहिक भोज गरिएको पाइएको छ।  

छोरीको न्वारनका लागि लमजुङबाट आएका बुबालाई नै संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए। 

त्यहाँ १ भदौमा छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेर भोज गरिएको थियो। छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले बताए। 

संक्रमितको परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ। स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ।  स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारन गरिएकी २२ दिनी छोरीसमेत छिन्। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा