• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 06:03 am

न्वारनमा भोज आयोजना गर्नेमा कोरोना संक्रमण भेटिएपछि ७० जनाको स्वाब संकलन

बाग्लुङ। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले ३ भदौदेखि नगर क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ। 

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलाप बन्देज गरिएको छ तर बागलुङ-१० भकुण्डको गलुवामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा स्थानीयवासी त्रसित बनेका छन्। 

त्यहाँ संक्रमित एक परिवारको घरमा गरिएको न्वारनमा ठूलो जमघट गरी सामूहिक भोज गरिएको पाइएको छ।  

छोरीको न्वारनका लागि लमजुङबाट आएका बुबालाई नै संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए। 

त्यहाँ १ भदौमा छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेर भोज गरिएको थियो। छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले बताए। 

संक्रमितको परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ। स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ।  स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारन गरिएकी २२ दिनी छोरीसमेत छिन्। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ सङ्क्रमित थप

  • १२ कार्तिक, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा  ५५६ जना कोरोना सङ्क्रमित  थपिएका छन् ।  सोही अवधिमा मंगलबार ४३  सङ्क्रमित थपिएका थिए भने हिजै

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

  • १२ कार्तिक, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक

कैलालीको सोयाबिन उद्योगमा आगलागी

  • १२ कार्तिक, २०७७

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार