• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 11:56 am

मोटोपन र डिप्रेसनबाट बच्न पिउने गर्नुस् पुदिनाको चिया 

काठमाडौं । पुदिना भन्नेबित्तिकै हामीलाई अचारको याद आउँछ । पुदिनाको अचार खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ । यस्तै, पुदिनाको अचार मात्र होइन, चिया पनि निकै फाइदाजनक मानिन्छ । 

पुदिनाको चियाले शरीरलाई स्वस्थ बनाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ । तपाईंलाई पनि मोटोपनले सताएको छ र तौल घटाउन चहानुहुन्छ भने प्रयोग गर्नुहोस् पुदिनाको चिया । 

यसको सेवनले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत गर्दछ । पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । 

कसरी बनाउने पुदिनाको चिया 

तातो पानीमा केही पुदिनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वादअनुसार मह हाल्नुहोस् । यसरी तयार हुन्छ पुदिनाको चिया 

पुदिनाको चियाका फाइदा 

पुदिनालाई प्रयोग गरेर टुथपेष्ट, चुइङ्गम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ । धेरैले पुदिनालाई माउथ फ्रेसनरको रूपमा मात्र चिन्छन् । तर, स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन् । 

दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ । अध्ययनले के पुष्टि गरेको छ भने पुदिनाको तेलले त्यस्तो पीडा कम गर्छ । 

डिप्रेसन र थकान घटाउँछ 

यसले दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ । डिप्रेसनको समस्या छ भने पुदिना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग मिल्छ । 

छालाको हेरचाह 

यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ । 

पाचन प्रक्रियामा सहयोगी 

पुदिना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडीबुटी हो । यदि अपचको समस्या भएमा एक कप पुदिनाको रस पिउने हो भने समस्या समाधान हुन्छ । 

टाउको दुखाइ निको पार्छ 

पुदिनाको ताजा पातले टाउको दुखाइ र थकानको समस्या समाधान गर्छ । पुदिनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ । पुदिनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाइ पनि निको हुन्छ । 

श्वासप्रश्वासको समस्या हुन दिँदैन 

यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैन । 

दम निको पार्छ 

पुदिनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ । एजेन्सी 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्छ : अध्ययन

  • २८ भदौ, २०७७

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।  यूरोपेली स्वासप्रस्वास समाजको

‘रगतमा भएको भिटामिन ‘डी’ले स्वास्थ्यदेखि मृत्युसम्म पुर्वानुमान गर्न सक्छ’

  • २८ भदौ, २०७७

वासिङ्टन । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ ।  अध्ययनकर्ताहरुले

उच्च–रक्तचापदेखि कब्जियतसम्म कागती पानी पिउँनुकाका यी फाइदा

  • २८ भदौ, २०७७

एजेन्सी । नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा