• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 10:43 pm

पीसीआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेशमा निषेध

कर्णाली। कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पीसीआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश गर्ने जो कोही व्यक्तिले पीसीआर टेष्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

त्यसैगरी बैठकले संघीय सरकारको स्वास्थ्यसम्बन्धी नयाँ मापदण्डअनुसार कार्यान्वयन गर्ने गराउने, भौतिक दूरी कायम गर्ने कार्य कडाइका साथ लागु गर्ने, संक्रमित स्थानलाई कोभिड१९ को प्रोटोकलअनुसार स्थानीय तहसँग समन्वय र सहकार्य गरी स्थानीय प्रशासनले सिल गर्ने कार्य प्रचलित कानूनअनुसार गराउने, कोरोनाका लक्षण देखिएकालाई अनिवार्य पीसीआर टेष्ट गराउने र कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेटिनरआइसोलेशनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीले बताइन्।

कोरोना संक्रमितलाई सामाजिक विकास मन्त्रालयले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने तथा कोरोना भाइरसबाट हुन सक्ने प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरण लेखाजोखा गरी आवश्यक प्रस्ताव सामाजिक विकास मन्त्रालयले पेश गर्ने र सोका लागि प्रभावकारी तयारी गर्ने निर्णय बैठकले गरेको छ।

मन्त्री केसीका अनुसार प्रदेश सरकारबाट सञ्चालित क्वारेन्टिनमा खाना खुवाउनका लागि हाल आवश्यक पर्ने बजेट रु ७५ लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सम्बन्धित कोषबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको छ। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यमन्त्री शंकर पोखरेललाई कांग्रेस सांसदको प्रश्नः को को मन्त्री फेल भए ?

  • ६ असोज, २०७७

बुटवल । कांग्रेस सांसद डिल्लि चौधरीले प्रदेश सरकारले कार्यकर्ता भर्ती गर्ने गरी विकास प्राधिकरण ल्याउन खोजेको भन्दै विरोध जनाएका छन । प्रदेश ५

प्रदेश पाँचमा कृषि क्षेत्रमा करोडौंका कार्यक्रम अगाडी बढाइंदै

  • ६ असोज, २०७७

बुटवल । प्रदेश पाँचमा कृषि क्षेत्रको विकासका लागि यस आर्थिक वर्षमा करोडौंलागतका कार्यक्रम अगाडी सारिएको छ । प्रदेश कृषि विकास निर्देशनालयबाट कृषि

चितवनका कोरोना संक्रमितको शव देवघाटमा व्यवस्थापन

  • ६ असोज, २०७७

चितवन । चितवनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शवलाई देवघाट क्षेत्रको जंगलमा व्यवस्थापन गर्ने गरीएको छ ।  देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने