रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित थप एक बृद्ध महिलाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यो सँगै रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर