• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 04:00 am

अस्ट्रेलियामा भेटियो ३५० केजीको गोही

डार्बिन । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् । 

क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए । ‘यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो,’ उनले भने । 

तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको ठूलो गोही फेला परेको थियो । अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ । 

पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वमा सबै भन्दा धेरै खुसी रहने जनावर ‘क्वोका’ जसको मुस्कानमा मोहित छन् लाखौँ मानिस

  • २१ भदौ, २०७७

एजेन्सी । विश्वका हरेक कुनामा रहेका ठूला जनावरदेखि सना जनावरको बारेमा तपाईहरुले धेरै पढ्नु हेर्नु र सुन्नु भएकै होला र तर आज एक विशेष जनावरको चर्चा

बच्चा चोर्ने मनसायले ‘बेबी सावर’को निहुँ पारेर गर्भवती साथीको हत्या, पेट काटेर निकालिन् बच्चा !

  • १७ भदौ, २०७७

एजेन्सी । ‘गर्भवती महिलाको हत्या’, यी वाक्य सुन्दा मात्रै पनि आङ सिरिङ्ग भएर आउँन सक्छ । सम्भवतः यो नै अपराधको सबैभन्दा भयानक रुप हुनसक्छ कि एउटी

‘जुम मिटिङ’कै दौरान एक फिलिपिनी सरकारी अधिकारी सहवास गरिरहेको भेटिएपछि...

  • १२ भदौ, २०७७

एजेन्सी । कोरोना महामारीका दौरान भौतिक दूरी कायम गर्नुपर्ने नियमको परिणामस्वरुप विश्वभर भिडियो कन्फ्रेन्स एप जुम निक्कै लोकप्रिय र प्रयोगमा आएको छ