• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 04:12 am

अर्को वर्षको मध्यसम्ममा मात्र कोभिड–१९ खोप बजारमा आउछ : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । 

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएको बताइएको छ । उनले सो पत्रकार सम्मेलनका क्रममाभनिन्, ‘मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।’ 

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए । 

उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए ।

त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रश्नोत्तर अभ्यासले शैक्षिक क्षमता बढाउछ

  • ३ असोज, २०७७

वासिङ्टन । बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ । पढाईका अतिरिक्त अन्य

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्छ : अध्ययन

  • २८ भदौ, २०७७

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।  यूरोपेली स्वासप्रस्वास समाजको

‘रगतमा भएको भिटामिन ‘डी’ले स्वास्थ्यदेखि मृत्युसम्म पुर्वानुमान गर्न सक्छ’

  • २८ भदौ, २०७७

वासिङ्टन । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ ।  अध्ययनकर्ताहरुले