• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 11:06 pm

प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको एक सय पुग्यो

जनकपुर । प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो । 

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ÷आठ, रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ । सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यमन्त्री शंकर पोखरेललाई कांग्रेस सांसदको प्रश्नः को को मन्त्री फेल भए ?

  • ६ असोज, २०७७

बुटवल । कांग्रेस सांसद डिल्लि चौधरीले प्रदेश सरकारले कार्यकर्ता भर्ती गर्ने गरी विकास प्राधिकरण ल्याउन खोजेको भन्दै विरोध जनाएका छन । प्रदेश ५

प्रदेश पाँचमा कृषि क्षेत्रमा करोडौंका कार्यक्रम अगाडी बढाइंदै

  • ६ असोज, २०७७

बुटवल । प्रदेश पाँचमा कृषि क्षेत्रको विकासका लागि यस आर्थिक वर्षमा करोडौंलागतका कार्यक्रम अगाडी सारिएको छ । प्रदेश कृषि विकास निर्देशनालयबाट कृषि

चितवनका कोरोना संक्रमितको शव देवघाटमा व्यवस्थापन

  • ६ असोज, २०७७

चितवन । चितवनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शवलाई देवघाट क्षेत्रको जंगलमा व्यवस्थापन गर्ने गरीएको छ ।  देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने