जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

पाल्पा । रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा आज बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ  । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताए । 

आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्कर दिँदा राना गम्भीर घाइते भएका थिए । घाइते रानाको प्रथामिक स्वास्थ्य केन्द्र तनहुँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर