• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वमा सबै भन्दा धेरै खुसी रहने जनावर ‘क्वोका’ जसको मुस्कानमा मोहित छन् लाखौँ मानिस

एजेन्सी । विश्वका हरेक कुनामा रहेका ठूला जनावरदेखि सना जनावरको बारेमा तपाईहरुले धेरै पढ्नु हेर्नु र सुन्नु भएकै होला र तर आज एक विशेष जनावरको चर्चा गरिनेछ । जो विश्वमा सबै भन्दा धेरै खुसी रहने जनावरको रुपमा चिनिन्छ । जसको मुस्कानमा धेरै मानिस मोहित हुने गरेका छन् । 

क्वोका नामको यो जनावर निकै सुन्दर हुने गरेका छन् । यो जनावर पश्चिम अस्ट्रेलियाको दलदली क्षेत्रमा पाइन्छ । यस जनावरको अनुहारको बनावट निकै आकर्षित छ । जसको कारण उनीहरु मुस्कुराई रहेको जस्तो मात्र देख्न्छि । 

यो जनावर मार्सुपियल्स प्रजाति भित्र पर्छ । जसले आफ्नो बच्चालाई कंगारुले जस्तै लुकाएर राख्ने गर्छ । 

विश्वमा सबै धन्दा धेरै खुसी रहने उपाधि पाएको यस जनावर अस्ट्रेलियामा निकै लोकप्रिय जनावर मध्येको एक हो । धेरै मानिसहरुले यस जनावरसँग सेल्फि खिच्ने गरेका छन् । जसलाई ‘सेल्फि फ्रेन्डली जनावर पनि भनिन्छ । 


 

That's what you would like to see in the morning.... https://t.co/pU87QoIsU1

— Prashant (@kukku1207) September 3, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर