समुदायमा संक्रमण देखिएपछि लामाचौर शील

पाल्पा ।  पाल्पामा समुदायका १२ सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तिनाउँ गाउँपालिकाका ७ सहित माथागढी र रैनादेवी छहरा गाउँपालिकाका २–२ जनामा समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ  । 

थप १२ सहित हाल जिल्लामा २६ जना समुदायका संक्रमित रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । यसैबिच एकैदिन थप ८ जनामा कोरोना पुष्टि भएसंगै तिनाउ गाउँपालिकाले वडा नं. २ स्थित लामाचौरलाई शील गरेको छ । एउटै टोलका धेरै जनामा कोराना पुष्टि भएसंगै गाउँ कार्य पालिकाको बैठक बसेर अर्को सुचना नआएसम्मका लागि शील गर्ने निर्णय गरेको स्वास्थ्य शाखा संयोजक कृष्ण कार्कीले बताए ।

 शील गरिएको क्षेत्रमा कन्ट्रयाक ट्रेसिङ्गको तयारी गाउँपालिकाले गरेको स्वास्थ्य संयोजक थापाले बताए । योसंगै जिल्लमा हालसम्म ६ सय ६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५ सय ६२ जना डिर्चाज भएका छन भने २ जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर