ऊर्जामन्त्री पुन र पूर्वसभामुख महराबीच रोल्पामा संयोगले भेट

महराको पुर्ख्यौली घरमा यस्तो भयो छलफल

राेल्पा । पूर्वसभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनमगर ‘अनन्त’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच महराको पुर्ख्यौली घरमै रोल्पाको लिबाङमा आज (मंगलबार) विहान भेटबार्ता भएको छ । भेटमा सरकार र पार्टीको विभिन्न विषयमा छलफल भएको बताइएको छ । 

आफ्नो गृहजिल्लालाई बढी प्राथमिकता दिएर रोल्पा पुगेका महरा र ऊर्जामन्त्रीबीच विभिन्न सरकारी कार्यक्रमका लागि रोल्पा पुगेको बेलामा संयोगले भेट भएको थियो । भेटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकारले अझै जनताका पक्षमा काम गर्नुपर्ने, श्रमजिवी जनताको पक्षमा जीवनका हरेक क्षेत्रलाई विकास गर्नुपर्ने, गरिखाने वर्गहरुको आयस्तरलाई माथि उठाउनको लागि गरिरहेको कार्यलाई अझै गति प्रदान गर्न सहयोग गर्ने गरी छलफल भएको थियो ।

यसैगरी पार्टीको आन्तरिक विषयमा पनि एकतालाई बलियो र मजबुत बनाउने गरी पार्टी एकता, जनताको अभिमत, वर्तमान आवश्यकलाई ख्याल गरेर अगाडि बढ्नु पर्ने विषयमा नै छलफल केन्द्रीत रहेको थियो । पार्टीको आन्तरिक छलफल तथा बहसलाई पनि सही तरिकाले व्यवस्थापन गर्दै अगाडि बढ्नपर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री वर्षमान पुनमगरले बताए ।

दुवै जनता नेताहरुले रोल्पा जिल्लाको समग्रह विकास योजनालाई सार्थकता दिने, आम रोल्पा र रोल्पालीलाई सरकार र पार्टीबाट पहल गरी समृद्ध बनाउने विषयमा पनि घनिभूत छलफल भएको नेता कृष्णबहादुर महराले बताए । रोल्पा जिल्लामा रहेका अगुवा कार्यकर्ताहरुलाई पनि सामूहिक रुपमै भेट गरेका छन् । 

भेटमा आन्तरिक छलफलमा कुनै पनि हालतमा तरंगीत नहुन र रोल्पालाई विगतको झै एकताबद्ध गर्नकालागि दुवै नेताले अपिल गरेका छन् । नेताहरुको यो भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर