• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोनाविरुद्ध लडिरहेकी डा. बिसी भन्छिन–‘युद्धमा छु जस्तो लागिरहेको छ’

सुर्खेत । दुई वर्ष अघिदेखि दैलेख दुल्लु अस्पतालको नेतृत्व सम्हालिरहेकी डा. पुजा बिसीलाई पछिल्लो समय कोरोनासँगको लडाईका कारण युद्धमा भएकोअनुभूति भइरहेको छ । युद्धमा सहभागी भएका सिपाहीहरु जसरी आफ्नो लक्ष्य प्राप्तिको लागि ज्यानको प्रवाह नगरी युद्ध लडिरहेका हुन्छन् त्यसरी नै आफ्नो ज्यानको प्रवाह नगरी अहिले दैलेखको दुल्लु नगरपालिकामा आफू र आफ्नो नेतृत्वको टिमलाई लिएर डा. पुजा पनि कोरोना प्रतिकार्यको निम्ती निरन्तर लडिरहेकी छन् । 

डाक्टर पढ्दै गर्दा बिकट ठाउँमा सेवा गर्ने सपना बोकेकी डा. पुजालाई पछिल्लो समय परिस्थितिले पनि त्यस्तै संयोग जुराई दिएको छ । कर्णालीको कालिकोटमा सेवा गरेर फर्किसकेकी डा। पुजा अहिले दैलेखको दुल्लु अस्पतालको नेतृत्व समालिरहेकी छन् । कर्णालीले स्वास्थ्यमा भोग्नु परेका समस्याका बारेमा राम्ररी जानकार पुजालाई अहिले कुनै बेला सेवा गर्नको लागि बोकेका सपना आज यो परिबेशमा पूराभएको अनुभूति भैरहेको उनले बताउने गरेकी छन् । 

‘डाक्टर भैसकेपछि भैपरी आउने जीवनका कुनै पनि  महामारी सँग लड्नको लागि म तयार भए पनि विश्व मानव जातिलाई थला पार्ने गरी फैलिएको (कोभिड–१९) कोरोना भाइरस सँग यसरी नजिकै बाट लड्ने अबसर मिल्ला भन्ने मैले कल्पना पनि गरेकी थिइन, ‘उनले भनिन्,  ‘यो समयमा यो समाजको निम्ति यसरी काम गर्न पाउदा आफुलाई भाग्यमानि ठानेकी छु,।’ 

सुरु सुरुमा कोरोना भाइरसका बारेमा अनेक थरी हल्ला चलिरहेका थिए । त्यो बेला हल्ला सुनेकै आधारमा आफुलाई कुनै असर नपरेको बताउने डा. बिसी पछिल्लो समय कोरोना रोकथामको लागि आफै नेतृत्व गरेर फिल्डमा यसरी गैएला भन्ने कल्पना पनि नगरेको उनले बताउने गरेकी छन् । 

‘यो भाइरस नेपालमा पनि कुनै न बेला आउछ भन्नेमा विश्वस्त त थिएँ तर, आएपनि नेपालभरि कति संक्रमित होलान ? यसले नेपाललाई के असर गर्ला दुल्लु अस्पताल सम्म पुग्ने कुरा त कल्पना भन्दा बाहिरको थियो,’ डा. पुजाले भनिन्  ‘तर सोचे भन्दा बाहिरको कुरा  अन्तत आफै नेतृत्व गरेर दुल्लु क्षेत्रभरी कोरोना रोकथामको लागि लाग्नु पर्ने जिम्मेवारी आयो ।’

जब (कोभिड–१९) कोरोना भाइरस कर्णालीमा देखियो त्यो बेला आफूलाई अलि अलि डर लागेको उनले बताइन् । डा. बिसीलाई लागेको त्यो डर आफ्ना लागि भन्दा समग्र संस्थाको लागि थियो भन्ने बुझ्छिन् । आफूले कोरोना भाइरस रोकथामकै लागि  आफूभन्दा तलका ३७ जना कर्मचारीहरुलाई परिचालन गर्नुपर्ने भएकोले उनीहरुलाई यो सँग भिड्नको लागि मानसिक रुपमा कसरी तयार गर्ने भन्नेमा ठूलो डर भएको उलने सुनाइन् ।  

जब कर्णालीको पहिलो केश दैलेखमै देखियो त्यो बेला आफु तयार भए पनि अरुलाई कोराना सँग लड्नको लागि तयारीमा राख्न सुरुका दिनहरुमा आफुलाई निकै कठिन भएको उनले सुनाइन् । तर अस्पतालको सबै कर्मचारीहरुले  आफुले सोचको  भन्दा माथिबाट  सहयोग गरेकाले यो भाइरस सँग लड्नको लागि अझ केहि सजिलो भएको उनले बताउने गरेकी छन्  । कर्मचारीहरुले दिएको उच्च मनोवलले आफुलाई कोरोना सँग लड्नको लागि कहिल्यै पनि कमजोर महसुर नभएको उनले सुनाइन् ।  

.............
महिला हाकिम भन्दा सुुरुमा कसैले विश्वास गरेनन् 
२०७५ असोजमा भेरी अस्पतालबाट कालिकोट र कालिकोट बाट दैलेख दुल्लुमा सरुवा हुँदा अन्तः भन्दा दैलेख दुल्लुमा काम गर्न सजिलो भए पनि महिला भएकै कारणले स्थानीय नागरिकहरुले आफूलाई हाकिम हो भन्नेमा विश्वास नगरेको उनले सुनाइन् । 

‘दुल्लु अस्पतालमा अहिले दुइ जना मेडिकल अफिसर कार्यरत छौं’ उनले भनिन् ‘अस्पतालमा डाक्टर बिसीलाई सघाउने एक जना पुरुष डाक्टर पनि छन् । आफुहरु सँगै भएको बेला पुरुष डाक्टरलाई डाक्टर भन्ने र आफुलाई नर्स हो भन्ने स्थानीयको बुझाइ थियो ।  त्यसमा मेरो कनै पनि गुनासो छैन । परिचय कामले दिने भएकोले म काम प्रति विश्वास गर्दै अगाडि बढ्दै छु ।’ 

‘कहिलेकाँही महिला हुनुको कारणले परिचानमा समस्या भोग्नु पर्ने हुदा रहेछ’ उनले आफ्नो काम गर्दाको पीडा सुनाउँदै भनिन्, ‘हाम्रो समाजमा क्षमता भन्दा लैङ्गीक तरिकाले व्यावाहार गर्ने भएकोले होला त्यो पिडा मैले पनि भोग्नु प¥यो ।  जब मैले आफ्नो क्षमता र प्रसाशन परिचालनको दक्षता देखाए अनि साथिहरुले पनि मलाई  राम्रो सर्पोट गरेकै कारण अहिले सम्म दुल्लु अस्पताल कोरोनाको हब हुदा पनि आफुले कसे जति काम गरिहेका छौं ।’

.............
‘कोरोनासँग लड्न सबैले सहयोग गर्नुभएको  छ’
शुरुमा क्वारेन्टाइनमा कर्मचारीहरुलाई पठाउदा डर लागे पनि पछि सबैले सहजिकरण गरिदिएका कारण आफुलाई सजिलो भएको उनले बताईन् । ‘शुरुको कोभिड केशहरुलाई यहाँ ल्याउनको लागि डराउने काम भयो । तर पछि सबैको सहयोगको कारण कोरोना सँग लड्नको लागि हामी तयार भएको हो ।’ उनले भनिन् । 

यस्तो असज परिस्थितिका कारण पनि सबैको सहज रुपमा उपचार गराएर आजका दिन सम्म दुल्लु नगरपालिकामा १४१ जना कोरोना जितेर घर फर्किसकेका छन् भने १३ जना आइसोलेशनमा रहेको उनले बताइन् । 

अहिले सबै ठाउँमा कोरोनाको केश शुरुका दिनहरु भन्दा केहि सामान्य भए पनि तर यो भाइरस बाट बच्नको लागि सतर्कता भने अपनाउनु पर्नेमा  अहिले पनि जोड दिनु पर्ने  जोड उनको तर्क छ । 

.............
‘नेतृत्व गर्नको लागि सबैले मनोवल बढाई दिनुभयो’
शुरु शुरुमा कोरोना, कोरोना भन्दा यसको वास्तविकताको बारेमा केहि थाहा नहुदा डर लागे पनि यसलाई जित्नको लागि र यो भाइरससँग लड्नको लागि सबैले आफूलाई प्रेरणा दिएका कारण दुल्लु अस्पतालको नेतृत्वलाई अहिले सम्म सफलताका साथ परिचालन गर्न सकेको उनको विश्वास छ । 

कोरोना केश देखिएको दुई दिनमा नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जनशक्ति नै पठाएर सहयोग गरेका कारण आफूलाई झन सजिलो भएको उनले बताने गरेकी छन् । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसी, के.एन. पौडेल, शुभ श्रेष्ठ, कृतिका थापा, प्रदिप न्यौपानेले आफूलाई प्रेरणा दिएका कारण अझ केहि सजिलो भएको उनको बुझाइ छ ।  

दैलेखको दुल्लु क्षेत्रमा कोरोना प्रतिकार्यमा कमाण्डरको भूमिका निर्वाह गरेको भन्दै  दुल्लु नगरपालिकाले आफुलाई सम्मानित गर्दा आफुलाई थप जिम्मेवारी थपिएको महसुस भएको उनले बताएकी छन् । उनलाई  दुल्लु नगरपालिकाले  निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम भण्डारीले  १५ हजार नगदसहित सम्मान गरेका थिए । 

उनको नेतृत्वमा कोरोनाको संक्रमण अधिक रहेको दुल्लु क्षेत्रमा कोरोना नियन्त्रण गर्नको लागि  डा. पुजाले महत्वपुर्ण भुमिका खेलेको भन्दै दुल्लु नगरपालिकाले सम्मान गरेको  नगर प्रमुख भण्डारीले बताए । 

नगरपालिकाले यसरी सम्मान गरेकोमा आउने दिनमा काम गर्नको लागि थप हौसला मिलेको डाक्टर पुजाले बताउने गरिकी छन् । स्थानीय सरकारको सकरात्मक भूमिकाको कारण आफूजति सक्दो राम्रो काम गर्न तिर लाग्ने पनि उनले बताइन् । 

डा. बिसीको कमाण्डमा दुल्लु अस्पताल र स्वास्थ्यचौकीका करिब १ सय २५ स्वास्थ्यकर्मी परिचालन भएका छन्न् । उनले छिउडीमा रहेको कोरोना विशेष अस्पतालका साथै दुल्लु नगरपालिकाका ९ वटा स्वास्थ्यचौकीको समेत नेतृत्व र समन्वय गरिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर