तीन जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्सा, बारा र रौतहटमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको बुधबार राति आएको रिपोर्टमा तीन जिल्लाका १६ जनामा संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ ।

संक्रमण देखिनेमा ६ वर्षकी बालिकादेखि ७४ वर्षका वृद्धसम्म रहेका छन् । अस्पतालमा २९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका ७, बाराका ७ र रौतहटका २ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर