तानसेन नगरपालिकामा जनप्रतिनिधिमा संक्रमण देखिएपछि असोज ५ गतेसम्मका लागि कार्यालय बन्द

पाल्पा ।  पाल्पाको तानसेन नगरपालिकाले जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि असोज ५ गतेसम्मका लागि कार्यालय बन्द गर्ने भएको छ । जनप्रतिनिधिमा संक्रमण पुष्टि भएसंगै समुदायमा संक्रमण फैलनसक्ने जोखिमका कारण आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । 

बिहीबार नगरपालिका भित्रका एकजना वडा अध्यक्ष तथा ३ वडा सदस्इसहित समुदायका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकासहित सबै वडा कार्यालयहरुसमेत बन्द गरिएको नगरपालिकाका सुचना अधिकारी दुर्गा थापाले जानकारी दिए । 

जिल्लामा कोरोना संक्रमणदर बढेका कारण समुदायमा भयावह अवस्था सृजना हुनसक्ने हुँदा कार्यालय बन्द गरिएको सुचना अधिकारी थापाले बताए । केही साताअघि संक्रमितको संख्या शुन्य रहेको पाल्पामा हाल समुदायस्तरका ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर