अभिनेता अफताबको कोरोना रिपोर्ट पोजेटिभ, भन्छन् –‘तपाईहरुको मायाले छिट्टै निको हुनेछु’

मुम्बई । बलिउड अभिनेता अफताब शिवादासानीको शुक्रबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनी यतिबेला आफ्नै घरको होम क्वारेन्टाइनमा छन् । 

रिपोर्ट पोजेटिभ आएपछि अफताबले ट्वीटमा लेखेका छन् –‘नमस्कार आशा छ तपाईहरु सबै जना सन्चै हुनुहुन्छ । साथै आफ्नो ध्यान ख्यानल गर्नु भएको छ । मैले कोभिड–१९ परीक्षण गराएको थिएँ दुर्भाग्य मेरो रिपोर्ट पोजेटिभ आएको छ । म डाक्टरको सल्लाह अनुसार घरमै छु ’

उनले दर्शकको  मायाले गर्दा छिट्टै निको हुने आशा राखेका छन् । साथै सबै जनालाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउँन र आफ्नो सुरक्षा आफै गर्न अनुरोध गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर